सभापति लामिछानेको उपस्थितिमा मंसिर ३० गते नैकापमा खुल्ला सभा गर्दै रास्वपा

Thankot Times

थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं क्षेत्र नं. ९ मा खुल्ला सभा गर्ने भएको छ।

मंसिर ३० गते शनिबार रास्वपाले चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा खुल्ला सभा गर्न लागेको हो ।
रास्वपा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार दिनको २ बजे सुरु हुने सभालाई सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, विभिन्न केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैं जिल्ला क्षेत्र नं. ९ को आयोजनामा सो सभा हुने रास्वपा केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेलले जानकारी दिए । 

गत आम निर्वाचनमा यस क्षेत्रका उम्मेदवार नेकपा एमालेका उम्मेदवारसँग ९९५ मतान्तरले पराजित भएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *