उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

Thankot Times

थानकोट ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको समय मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो । 

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। मुटुमा हल्का असहज महसुस भएपछि गएराति मन्त्री श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । 

डा. अरुण मास्केसहितको चिकित्सकको टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरिसकेको छ । हाल उनी सघन उपचार कक्षमा छन् ।  

स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिनेछ।

तस्बिरः सामाजिक सञ्जालबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *