५४ जना विद्यार्थीहरुलाई चन्द्रागिरि साकोस उच्च शिक्षा छात्रवृत्ति हस्तान्तरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०७ थानकोटमा मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था ले विभिन्न तहमा अध्ययनरत ५४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बीच साकोसले ती विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराइएको बताइएको छ ।

चन्द्रागिरि साकोसद्वारा स्थापना गरिएको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत ५४ जना छात्रछात्राहलाई छात्रवृत्ति प्रदान हो ।

२५ जना विभिन्न दाताहरु र संस्थाको आफ्नो योगदानबाट स्थापना भएको उक्त कोषबाट आर्थिक रुपले विपन्न र जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

शनिबार सम्पन्न चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा वित्तीय साक्षरता कार्यक्रममा छात्रवृत्ति वितरणका साथै नयाँ दाताहरुलाई सम्मान र मितव्ययी हुने ५० वटा उपायहरू तथा संस्थाको विभिन्न वस्तु तथा सेवा सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा सो साकोसका उपाध्यक्ष हरिहर सिग्देल, छात्रवृत्ति कोषमा दान गर्ने दाताहरुमध्येबाट सुरेन्द्र बहादुर खड्का, शिक्षक प्रतिनिधिहरुको तर्फबाट प्रभात मा.वि.का प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु मध्येबाट ब्रोनिस आचार्यले आ-आफ्ना विचार व्यक्त गरेको चन्द्रागिरि साकोसले जनाएको छ ।

साकोसले गत वर्षबाट सो छात्रवृत्ति प्रदान गर्न थालेको हो ।

कस-कसले पाए चन्द्रागिरि साकोस उच्च शिक्षा छात्रवृत्ति सूची हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *