नेपाल विद्यार्थी संघ काठमाडाैं जिल्ला सचिवमा चन्द्रागिरिका सुवास गिरी
थानकोट ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको काठमाडाैं जिल्ला सचिवमा चन्द्रागिरि नगरपालिका-१ दहचोकका सुवास गिरी मनोनित भएका छन् ।
नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष अंशुल केसीले बुधबार १४८ सदस्यीय कमिटि विस्तार गरेका हुन् ।
धेरै समयपछि संगठन विस्तार भएकोले सबै भूगोल समेट्दा पदाधिकारीहरूको संख्या धेरै हुनपुगेकाे केसीले बताए ।
गिरी पुल्चोक इन्जिनियङ क्याम्पसमा नेपाल विद्यार्थी संघको उपसभापति रहिसकेका छन् ।
यसैगरी जोनिस सिलवाल काठमाडौ क्षेत्र १० बाट सचिव चुनिएका छन् । दहचोकका विराज बखती नेपाल विद्यार्थी संघ काठमाडाैं जिल्ला सह-सचिवमा मनोनित भएका छन् ।