पानीको बोतलमा किरा भेटिएपछि काठमाडौं महानगरले तिरायो १ लाख रुपैयाँ जरिवाना

Thankot Times

थानकोट ।

पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले सोमबार ए. एण्ड बी वेभरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।

महानगरले गरेको अनुगमनका क्रममा ए.एण्ड बी वेभरेज इन्ड्रस्टिजद्वारा प्याकेजिङ पानीको बोतलमा किरा भेटिएको हो ।

उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ ।

सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *