पुस २ गते दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह, कस्तो हुनुपर्छ छात्रछात्राको पोशाक ?

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको छ ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।
जसअनुसार छात्रहरूले आफु खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनु पर्नेछ ।
यस्तै, छात्राहरूले औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *