चन्द्रागिरि नगरमा मंसिर २० गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा मंसिर २० गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको मंसिर ५ गते बसेको बैठकको निर्णनुसार यहि मंसिर २० गते सो प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिताका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थीहरू सहभागी हुन सक्ने चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
चन्द्रागिरि नगरमा गत वर्ष फाल्गुन २ गते सो प्रतियोगिता आयोजना गरिएको थियो ।