मोरङको उर्लाबारीमा आगलागीमा परेका १० घाइतेलाई कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइयो
थानकोट ।
मोरङको उर्लाबारीस्थित सुन पसलमा आगलागीमा परी घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत बुधबार काठमाडौं ल्याइएको हो ।
उनीहरूलाई कीर्तिपुरको बर्न अस्पताल ल्याइएको छ ।
आइतबार राति उर्लाबारीस्थित एउटा सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा आइतबार राति ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल देखिएको थियो।
राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरुङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो।
घाइतेहरूमध्ये १२ जनाको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।
त्यसमध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।