छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि बाँडभञ्ज्याङकाे ब्लु बेल फुटबल क्लबलाई

थानकोट ।
छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि चन्द्रागिरि नगरपालिका-०२ बाँडभञ्ज्याङकाे ब्लु बेल फुटबल क्लबले जितेकाे छ ।
लगातार तेस्रोपटक प्रतियोगिताकाे फाइनल खेलेको ब्लु बेलले पहिलोपटक उपाधि उचालेकाे हाे ।
शनिबार सम्पन्न प्रतियोगिताकाे फाइनलमा भक्तपुरको मध्यपुर जागरुक युवा क्लबको चुनाैती ५-० ले पन्छाउँदै ब्लु बेलले उपाधिसहित ५ लाख रुपैयाँ हात पार्याे । ब्लु बेललाई उपाधि दिलाउन आशिष चापागाईंले ह्याट्रिक गरेका थिए ।
उपविजेता बनेकाे मध्यपुरले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे ।
चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट कराँते प्रशिक्षक वीरकृष्ण शाही सम्मानित
प्रतियोगिताको सेमीफाइनलमा पराजित भएका महादेव युवा क्लब र हामी दाजु भाई क्लबले समान ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पारे ।
व्यक्तिगत विधातर्फ मध्यपुर जागरुकका सुमन डंगोल उत्कृष्ठ खेलाडी, ब्लु बेलका आशिष श्रेष्ठ उत्कृष्ठ डिफेन्डर, ब्लु बेलकै समित श्रेष्ठ सर्वोत्कृष्ठ गोल रक्षक तथा ब्लु बेलकै रबिन पोखरेल सर्वोत्कृष्ठ प्रशिक्षक घोषित हुँदै जनही १५ हजार रूपैयाँ तथा ट्रफी हात पारे । उच्च गोल कर्ताको उपाधी भने कुर्दन फुटबल एकेडेमीका अविरल रिजाल र महादेव युथका निरव खड्काले बाँडे । उनीहरू दुवैले समान व्यक्तिगत ५-५ गोल गरेका थिए ।
विजेता उपविजेताहरूलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
चन्द्रागिरि स्पाेर्टस् एकेडेमीको आयोजनामा गत असोज २७ गतेबाट सुरु भएको प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए ।