यस्तो छ चन्द्रागिरि १ को विस्तृत चुनावी परिणाम

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि १ को वडाध्यक्षमा नेपाली काँग्रेसका हरिश्याम रानामगरले बाजी मारेका छन् । लामो समयसम्म अग्रता कायम राखेका नेकपा एमालेका राजेन्द्र केसीलाई ६४ मतले पराजित गर्दै रानामगरले जित हासिल गर्न उनले ११२१ मत ल्याए । केसीको नाउँमा १०५७ मत रह्यो । त्यस्तै राप्रपाका उम्मेदवार जयराम खत्रीले  १०७ मत पाए । नेमकिपा का रामप्रसाद भट्टराईले १३ मत पाए ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू क्रमश विनय कुमार थापा, श्रीकृष्ण भारती तथा उद्धव थापाले १३ मत पाए  । जसपाका राजन गिरीले ७ मत पाए । ४ जना उम्मेदवारहरूले कुनै मत पाएनन् ।

वडा सदस्यमा नेपाली काँग्रेसका दुई उम्मेदवारहरूले बाजी मार्दा दुई पदमा नेकपा एमालेलेका उम्मेदवारहरू विजयी भए ।

चन्द्रागिरि १ को दलित महिला सदस्य पदमा नेपाली काँग्रेसकी सुनिता रोका ११०१ मत सहित अग्रस्थानमा रहँदा नेकपा एमालेकी सरस्वती रोकाले १०५० मत पाइन् । त्यस्तै महिला सदस्य पदमा नेकपा एमालेकी अनिता गिरीले १०८४ मत सहित अग्रस्थानमा रहँदा नेपाली काँग्रेसकी ललिता बखती १०७१ मतमा समेटिइन् ।

त्यस्तै खुल्ला सदस्य पदमा नेपाली काँग्रेसका केशव गिरीले १०१५ तथा नेकपा एमालेका कविराज खड्काले १०२४ मतसहित वडासदस्य पदमा जित सुनिश्चित गरे ।

२५९३ मत खसेको चन्द्रागिरि १ मा मेयर पदको १९५, उपमेयरको ७५३ वडाध्यक्षको १८८ मत बदर भएको छ भने ५१ वटा मतपत्र बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ