दहचाेकमा आफ्नै घरमा मृत भेटिए एक पुरुष, प्रहरीको अनुसन्धान जारी

थानकोट ।
काठमाडौंको दक्षिणकाली र चन्द्रगिरिमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं दक्षिणकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडा रेष्टरेण्ट एण्ड गेष्ट हाउसमा काम गर्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर बताउने ३४ वर्षीय धन राज शाही ठकुरी बिहीबार सोही गेष्टहाउसको कोठमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं चन्द्रागिरि नगरपालिका-१दहचाेककाे गैरीगाउँ गिरिटोल घर भएका ५८ वर्षीय बदन गिरी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकाे बताइएको छ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।