कार्तिक १७ र १८ गते देशभरका बालबालिकालाई ‘भिटामिन-ए’ खुवाइँदै

Thankot Times

थानकोट ।

यो वर्षको राष्ट्रिय ‘भिटामिन-ए’ कार्यक्रम यहि कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई ‘भिटामिन-ए’ खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा अब कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई ‘भिटामिन-ए’  खुवाउने भइएको हो।

मन्त्रालयले उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *