मातातीर्थका तेक्वान्दो खेलाडी विसान्त केसीलाई बंगलादेशमा रजत पदक

थानकोट ।
बंगलादेशमा सपन्न भएको पहिलो बंगबन्धु अन्तरार्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप-२०२३ मा चन्द्रागिरि नगरपालिका ८ मातातीर्थका विसान्त केसीले दोश्रो स्थान प्राप्त गरेका छन् ।
बंगलादेश, भारत, मलेसिया, अफगानिस्तान, श्रीलंका, भूटान, थाइल्याण्ड र नेपालका खेलाडी सम्मिलित ३ दिने प्रतियोगितामा केसीले ६३ केजी ताैल समुहमा रजत पदक प्राप्त गरेका हुन् ।
केसी धाैलागिरि तेक्वान्दो डोजाङका प्रशिक्षार्थी हुन् ।