बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा जेसिस स्कुलका ८ जना विद्यार्थी सहभागी

Thankot Times

थानकोट।

बंगलादेशमा जारी प्रथम बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसलन स्कुलले पनि सहभागिता जनाउने भएको छ ।

च्याम्पियनसिपमा सहभागी हुन सो स्कुलका विद्यार्थी खेलाडी तथा प्रशिक्षक बिहीबार त्यसतर्फ उडेको विद्यालयले जनाएको छ ।

सो अघि बुधबार आयोजित एक कार्यक्रमका बीच विद्यालयले सहभागीहरूको बिदाई गरेको थियो ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले जेसिस स्कुलले खेल जगतमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सामाजिक विकास समितिका तर्फबाट चन्द्रागिरिमा खेल तथा खेलाडीको प्रोत्साहनका लागि सक्दो सहयोग उपलब्ध गराउने धारणा राखेका थिए ।

यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नरेन्द्रराज श्रेष्ठले खेलाडीलाई जेसिस विद्यालय, चन्द्रागिरि नगरपालिका तथा सिङ्गो देशको प्रतिनिधित्व गरी बङ्गलादेशमा जान लागेकोमा खुसी व्यक्त गर्दै पूर्ण सफलताको शुभकामना समेत दिएका थिए ।

चन्द्रागिरि नगरपालिका वडा नंं १० का वडाध्यक्ष शिवकुमार महर्जनले चन्द्रागिरि नगरपालिका विभिन्न खेलका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरुको स्थायी थातथलो भइसकेको र आगामी दिनमा तेक्वान्दोका खेलमा समेत राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल हुने विश्वासका साथ खेल र खेलाडीलाई आफ्नो वडाको तर्फबाट हृदय खोलेर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो कार्यक्रममा जेसिस स्कुलका कार्यकारी प्रमुख रमेशचन्द्र श्रेष्ठले राजनीतिक तथा प्रशासनिक दुवै क्षेत्रबाट शिक्षा र खेलकुदका लागि प्रोत्साहनको वातावरण निर्माण गर्न अब ढिला गर्नु नहुने धारणा राख्दै थिए भने विद्यालयका प्रिन्सिपल सरोज महर्जनले जेसिस स्कुलले खेलाडीको मनोबल उच्च राख्नका लागि विद्यालयका तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने धारणा राखेका थिए ।

प्रतियोगितामा क्रिश बेलबासे, रोनिश श्रेष्ठ, तिलक श्रेष्ठ, अफेस खत्री, अभिनव शाक्य, समृद्धि महर्जन, स्नेहा श्रेष्ठ तथा रिजन मोक्तानले स्पर्धा गर्नेछन् । बंगलादेश  उडेको सो टोलीमा प्रशिक्षक युवक दाहाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ़्री तथा मुख्य प्रशिक्षक नोर्बु लामा तथा खेलाडीका अभिभावक तथा मेन्टर मन्जु श्रेष्ठ र टिम प्रमुख मिन्जु शोभा चित्रकार रहेका छन् ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ तथा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जन लगायत अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा विभिन्न पाँच देशका स्कुले खेलाडीहरूको सहभागिता रहने बताइएको छ।

फरक प्रसगंमा बुधबार जेसिस स्कुलमै आयोजित अर्को कार्यक्रममा विद्यालयले चन्द्रागिरि नगर पालिका शिक्षा तथा खेलकुद विभाग प्रमुखको उपस्थितिमा कक्षा नर्सरीदेखि १० सम्म विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने ५ सय बढी विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *