पिङ संस्कृति जोगाउन चन्द्रागिरिमा वडा कार्यालयले लठ्ठा उपलब्ध गराउने

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकले दशैं तिहारका अवसरमा पिङ राख्न लठ्ठा उपलब्ध गराउने भएको छ।
बुधबार एक सूचना जारी गर्दै वडा कार्यालयले परम्परागत उत्सव महत्वपूर्ण पक्षको जगेर्नाका लागि लठ्ठा वितरण गर्न लागेको जनाएको छ ।
पिङ संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले वडाभित्र पिङका लागि लठ्ठा (डोरी) वितरण गर्ने निर्णय भएको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए । दहचोकमा विभिन्न स्थानमा पिङ राख्न इच्छुकले वडा कार्यालयबाट निवेदन पेश गरि लठ्ठा लिन सक्नेछन्।
दशैं तिहारका अवसरमा पिङ हाल्ने प्रचलन भएपनि यो संस्कृतिमा क्रमश ह्रास आउन थालेपछि वडा कार्यालयले डोरी बाँड्ने निर्णय गरेको बतइएको छ।