असोज २७ गते निःशुल्क आँखा शिविर आयोजना गर्दै काठमाडौं फोटोग्राफर संघ
थानकोट ।
काठमाडौं फोटोग्राफर संघको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
आगामी शनिबार (असोज २७ गते) नयाँ बानेश्वरस्थित के एण्ड के कलेजमा संघको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।
विजयदशमी, तिहा, नेपाल संम्वत् ११४३ तथा छठ पर्वको अवसरमा सो शिविर आयोजना गर्न लागिएको काठमाडाैं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरे जानकारी दिए ।
शिविर बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।