विद्यार्थीहरूलाई ओलम्पियन विधान लामाको सुझाव ‘खेल र पढाई सँगसँगै लैजाऔं, मनमा इगो नराखाैं’
थानकोट ।
ओलम्पियन विधान लामाले चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर मावि भ्रमण गरेका छन् ।
सोमबार सो विद्यालयको अवलोकन भ्रमणमा आएका लामाले विद्यार्थीहरू माझ आफुले ३५ वर्ष अघि विश्व खेल उत्सव ओलम्पिकमा सहभागिता जनाउँदा गरेको अनुभव सुनाएका थिए ।
सो क्रममा लामाले विद्यार्थीहरू माझ खेल र पढाई सँगसँगै लैजान पर्ने बताउँदै मनमा इगो राख्ने व्यक्ति कतैपनि पनि सफल हुन नसक्ने धारणा राखेका थिए ।
समय अनुसार खेलकुदका विभिन्न विधा थप हुँदै गर्दा प्रविधिहरूको समेत विकास हुँदै गएकोले अहिले खेल खेलेरै जीवनयापन गर्न सकिने अवस्था सृजना भइररहेको छ भन्दै लामाले खेलकुदबाट राष्ट्रप्रति पुर्याएको योगदान चीर स्मरणीय रहने बताए ।
ब्राइट फ्युचर स्कुलको भ्रमणका दाैरान ओलम्पियन लामाले स्कुलका विभिन्न गतिविधिका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
सन् १९८८ मा सम्पन्न सिओल ओलम्पिकमा लामाले प्रदर्शनी खेल तेक्वान्दोमा कास्य पदक जितेका थिए यद्यपी सो पदक ओलम्पिकको आधिकारिक पदक सूचीमा सूचिकृत छैन् । सन् १९८८ मा सम्पन्न सिओल ओलम्पिकमा लामाले प्रदर्शनी खेल तेक्वान्दोमा कास्य पदक जितेको क्षण हेराैं