इन्द्रस्थानमा कांग्रेस नेता डा. शेखर कोइराला

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चन्द्रागिरि नगरपालिका-१ इन्द्रस्थान भ्रमण गरेका छन् ।

सोमबार बिहान इन्द्रस्थान पुगेका नेता कोइरालालाई नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

सो क्रममा नेता कोइरालाले इन्द्र दह, कालु पाँडे समाधिस्थल, दहचोक भ्यू टावर, कोत गाउँ क्षेत्र लगायतको अवलोकन गरेका थिए ।

इन्द्र दह क्षेत्र अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता कोइरालाले काठमाडाैं वरपरका पर्यटकीय गन्तव्यहरूलाई व्यवस्थित गर्न सके स्थानीयबासीले रोजगारीका लागि अन्यत्र भाैतारिन नपर्ने बताउँदै स्थानीय तहहरूले पर्यटकीय गन्तव्यहरूको यथोचित रूपमा प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *