विद्यालय अनुगमन गर्दै काठमाडौं महानगर, विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही

Thankot Times

थानकोट। 

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै मुलुकका विभिन्न स्थानबाट आएका सरकारी शिक्षकहरूले आज काठमाडाैंमा सडक प्रदर्शन गरिरहेका छन् । 

बिहीबारदेखि उनीहरूले देशभर सरकारी विद्यालय बन्दको घोषणा गरेका छन् ।

काठमाडाैं महानगरपालिकाले भने विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ । महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँछन् । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी पनि राख्छौं’ उनले भने, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किंदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने उनले बताए ।

‘हामी भोलि विद्यालय अनुगमन गर्छौं’ प्रवक्ता मानन्धरले भने, ‘विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *