शिक्षा दिवसका अवसरमा बागमती प्रदेश सरकारबाट बलम्बु मावि सम्मानित
थानकोट ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ ।
कार्यक्रमका अवसरमा बागमती प्रदेशभरीमा उत्कृष्ट रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।
मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएका विद्यालयहरुलाई उत्कृष्टताका आधारमा छनौट गरेर पुरस्कृत गरेको छ ।
प्रदेश भरिका सामुदायिक विद्यालयहरु मध्ये भक्तपुरको मेधा माध्यमिक विद्यालय पहिलो घोषित भएको छ । त्यसैगरी नुवाकोट जिल्लाको पृथ्वी माध्यमिक विद्यालय द्धितीय भएको छ भने काठमाण्डौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतिय भएको छ । चौथोमा काठमाण्डौं पृथ्वी नारायण माध्यमिक विद्यालय भएको छ ।
पाँचौमा चन्द्रागिरि नगरपालिकाको बलम्बु माध्यमिक विद्यालय घोषित भएको छ ।
ती सबै विद्यालयलाई आज शिक्ष दिवसका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकास मन्त्री कुमारी मुक्तानले नगद पुरस्कार, प्रमाणपत्र समेत दिएर पुरस्कृत गर्नुभयो ।
यसैगरी संस्थागत विद्यालयतर्फ काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकास्थित रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम भएको छ । द्धितीयमा काठमाण्डौंको बालुवाटारस्थित हिज किङ्स इन्टरनेसनल स्कुल रहेको छ । त्यसैगरी तृतियमा काठमाण्डौंको टोखा नगरपालिकास्थित फ्लोरोसेन्ट माध्यमिक विद्यालय रहेको छ । तीनै वटा विद्यालयलाई पनि नगद सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षा विद्यालयमा पढाउनुपर्ने बताउनु भएको छ । आजको कार्यक्रमको उद्घाटन् गर्दै उहाँले प्रदेश सरकारले बिद्यालयको क्षेत्रमा राम्रो काम गरेको दाबी गर्नुभयो ।
शिक्षामा अरु समस्या भन्दा पनि त्रुटी पाठ्यक्रममा रहेको बताउनुभयो ।
अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उहाँको सुझाव छ । स्वास्थ्य क्षेत्रमा नर्ष र डाक्टर पढ्नका लागि धेरै शुल्क लिने गरेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो–‘अब नर्स र डाक्टर पढाउनका लागि चाहिने शुल्क प्रदेश सरकारले तोक्छ र त्यसलाई सबैले पालना गर्नुपर्छ ।’