खानिखोलाबाट यसकारण समातिए नैकापका जीवन लामा र कलंकीका कमल श्रेष्ठ

Thankot Times

थानकोट ।

धादिङको धुनीबेशी नगरपालिका-८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका-८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *