नेकपा एमाले चन्द्रागिरि-६ को अध्यक्षमा श्री महर्जन, सचिवमा शान्ता बलामी

Thankot Times

थानकोट । 

नेकपा एमाले ले चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानको वडा कमिटि अद्यावधिक गरेको छ ।

सो पार्टीको मिसन ग्रासरुट अभियान र काठमाण्डौं जिल्ला कमिटीको विशेष अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक अद्यावधिक, संगठन कमिटि निर्माण एवं अधिवेशन गरि संगठनको जीवन स्वस्थ बनाउने अभियानमा अन्तर्गत हिजो शनिबार सो वडामा पदाधिकारीहरू अद्यावधिक गरिएको बताइएको छ । जसअनुसार सो पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं. ६ को अध्यक्षमा श्री बहादुर मर्हजन सर्वसम्मत भएका छन् । मानदास महर्जन उपाध्यक्षमा चयन हुँदा शान्ता बलामी सचिव चुनिएको सो पार्टीले जनाएको छ । 

यसैगरी, उपसचिवमा क्रमश पेमा भण्डारी सिता लामीछाने सर्वसम्मत हुँदा २९ सदस्यीय वडा कमिटिको सदस्य पदमा क्रमश सुवास कुँवर, मनोहर बुढाथोकी, दिपक बस्नेत, एकिस प्रसाद उप्रेती, सपना अधिकारी, शम्भु पहेंली, रजी बलामी,  एपा बलामी, कोपिला श्रेष्ठ, बिमला श्रेष्ठ, सिता थापा, रञ्जिता गिरी, टेक कुमारी शाही, पूर्ण बहादुर सुनुवार, दिनेश श्रेष्ठ, देवीमाया श्रेष्ठ, लक्ष्मण थापा, दिपा अधिकारी, राममाया डाँगी, मीना मानन्धर, विमला कँडेल, दिना श्रेष्ठ, विरकृष्ण महर्जन र दिवस श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा चन्द्रागिरि इन्चार्ज सर्मिला कार्कीको प्रमुख आतिथ्यतामा सो वडा कमिटि अद्यावधिक गरिएको नेकपा एमाले चन्द्रागिरि नगर अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । 

यो पनिः 

नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको इतिहास लेखन कार्यदलको संयोजकमा रामशरण आले

नेकपा एमाले चन्द्रागिरि-४ को अध्यक्षमा सुन्दर श्रेष्ठ सर्वसम्मत


Leave a Reply

Your email address will not be published. Required fields are marked *