युथ बक्सिङमा नेपालका तीन बक्सरले प्रतिस्पर्धा गर्ने, प्रशिक्षकमा चन्द्रागिरिका दीपक महर्जन

Thankot Times

थानकोट, फागुन १६ गते ।

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन्।

फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।

जुनियर महिलाको ५२ केजीमा स्वस्तिका तिरुवाले खेल्नुहुनेछ । गत संस्करणको जुनियरमा छिरिङ र स्वस्तिकाले कांस्य पदक जित्नुभएको थियो ।

प्रशिक्षकमा चन्द्रागिरि नगरका दीपक महर्जन हुनुहुन्छ।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *