महानगरको नियम नमान्ने बरू बसाइँ सर्ने मुडमा काठमाडाैंका निजी विद्यालय, चन्द्रागिरिमा कति सरे बसाइँ ?

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लिएको कसिलो नीतिका कारण निजी विद्यालय बसाइँ सर्न थालेका छन्। विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुरूप निजी विद्यालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले कडिकडाउ गरेपछि निजी विद्यालय धमाधम छिमेकी पालिकातिर बसाइँ सर्न थालेका हुन्।

चालु शैक्षिक सत्रमा चारवटा निजी विद्यालय छिमेकी नगरपालिकातिर सरिसकेका छन्। तीनवटाले बसाइँसराइका लागि निवेदन दिएका छन्। अन्य केही निजी विद्यालयले पनि बसाइँ सर्ने मनस्थितिमा रहेको महानगर शिक्षा विभागले जनाएको छ।

काठमाडौं महानगरपालिका–१४ स्थित लिटिल वल्र्ड स्कुल बसाइँ सरेर कीर्तिपुर नगरपालिका आइपुगेको छ। काठमाडौं महानगरपालिका–१५ स्थित रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल नागार्जुन नगरपालिका–३ मा सरेको छ। ग्रिनविच एकेडमी सेकेन्डरी स्कुल लामो समयदेखि काठमाडौंको पेप्सीकोलामा सञ्चालित थियो। सो स्कुल कागेश्वरी मनोहरा नगरपालिका–७ मा सरेको छ। यसैगरी बसाइँ सरेको अर्को स्कुल हो सरस्वती कुञ्ज सेकेन्डरी स्कुल। काठमाडौं महानगरपालिका–३० बाट सरेकोे यो स्कुलले अब आफ्ना सबै शैक्षिक कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका–७ बाट सञ्चालन गर्नेछ।

निकट भविष्यमै अरू तीन विद्यालय महानगरबाट नजिकैका नगरमा सर्दै छन नागरिक दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *