आईएसएफ यु-१५ जिम्न्यासाइडः दोश्रो दिनको खेल समाप्तीमा नेपालको पोल्टामा १ स्वर्णसहित ३ पदक

Thankot Times

थानकोट ।

ब्राजिलमा जारी दोश्रो आईएसएफ यु-१५ जिम्न्यासाइडमा दोश्रो दिनको खेल सकिँदा नेपालले १ स्वर्ण पदक थपेको छ ।

प्रतियोगिताको पहिलो दिन नेपालले बक्सिङमा २ कास्य पदक जितेको थियो ।

यु-१५ जिम्नासियाडः नेपालका खेलाडीलाई पहिलो दिनमै २ पदक, बास्केटबलमा लगातार हार

नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

प्रतियोगिता अन्तर्गत थ्री अन थ्री बास्केटबलमा नेपाली टोलीले अंगोलालाई १५-० ले पराजित गर्‍यो । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ।

ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ले ब्राजिललाई ७-६ स्कोरले तथा मेक्सिकोलाई १०-६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९-८ ले पराजित हुनपुग्यो ।

त्यसैगरी ब्वाइज नेपाल ‘बी’ भने ब्राजिलसँग ११- ८ पराजित भयो ।

प्रतियोगिता अन्तर्गत भाेलि पाैडीमा श्रयला महर्जनले चुनाैती पेश गर्ने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *