नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको इतिहास लेखन कार्यदलको संयोजकमा रामशरण आले
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चन्द्रागिरि नगर कमिटिले पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरलाई थप स्मरणीय बनाउन पार्टीको इतिहास लेखनदेखी नगर प्रोफाइलसमेत तयार पार्न रणनीति तयार पारेको छ ।
पार्टीको इतिहास लेखन र पालिका तथा वडास्तरको आर्थिक, सामाजिक, राजनीतिक आदि पक्ष संलग्न गरी विस्तृत अभिलेख तयार पार्न नेकपा एमालेको चन्द्रागिरि नगरमा कार्यदल नै गठन भएको छ । जसका लागि पार्टी प्रदेश कमिटी सदस्य रामशरण आलेको संयोजकत्वमा प्रदेश कमिटि, जिल्ला कमिटि तथा नगर कमिटिका सदस्यहरू सम्मिलित १५ सदस्यीय कार्यदल गठन गरिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।
सो कार्यदलमा रामशरण आले, हरिशरण थापा, वेलीमैया घले, ज्ञान बहादुर गोपाली, हरिभक्त मर्हजन, संजिव आचार्य, विन्दु श्रेष्ठ, भरत खवास, इन्द्र मर्हजन, लक्ष्मी थापा, श्रीधर सिग्देल, राम थापा, पूर्ण मर्हजन, लक्ष्मण तण्डुकार र श्याम लाल मर्हजन छन् ।
यसैगरी नेकपा एमालेको ७५ औं स्थापना दिवसकै लागि लक्षित गरी चन्द्रागिरि नगर प्रोफाइल तयारी गर्नका लागि सो पार्टीले ७ सदस्यीय कार्यदल गठन गरेको छ । संजय सिग्देलको संयोजकत्वमा गठित सो कार्यदलमा गोपाल तिवारी, पूर्ण तण्डुकार, तेजिला थापा, विश्वतम श्रेष्ठ, सुन्दर श्रेष्ठ र चम्पा रोक्का रहेका छन् ।
पार्टी स्थापना दिवसकै छेको पारेर नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले २०४९ सालदेखी हालसम्मका निर्वाचनहरूमा सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका व्यक्तिहरूलाई सम्मानको कार्यक्रम गर्ने भएको छ। जसका लागि विवरण संकलन गर्ने कार्य भइरहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि स्रोतले जानकारी दियो ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटि पार्टी केन्द्रीय कमिटिले निर्देश गरेको ३ महिने मिसन ग्रासरुट अभियानको समाप्तीपछि काठमाण्डौं जिल्ला कमिटीले संचालन गरिरहेको ४ महिने (२०८० जेष्ठ २३-भाद्र २३ सम्म) विशेष अभिायनको अन्तिम चरणमा पुग्नै लाग्दा सो पार्टीले मिसन ग्रासरुट अभियानले दिएको प्रतिवेदन कार्यान्वयन तथा नगर र वडाको थप कार्ययोजना निर्माण गरी पार्टी सम्मुनत बनाउने दिशातर्फ लक्षित रहेको बताइएको छ ।
यस बीचमा सो पार्टीले सदस्य नविकरण तथा नयाँ सदस्यता वितरण, पार्टी सुदृढिकरण, प्रशिक्षणसहित नगर कमिटि, सचिवालय, इन्चार्ज, वडा कमिटि, जनवर्गीय समितिका बैठकहरू समेत सम्पन्न भएको जनाएको छ।