आँखा पाक्ने रोगको प्रकोप बढिरहँदा मातातीर्थ स्वास्थ्य चाैकीमा भोलि भदाै २ गते आँखा शिविर हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०८ मातातीर्थस्थित मातातीर्थ स्वास्थ्य चाैकीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
भदाै २ गते शनिबार सञ्चालन हुने सो शिविर बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म जारी रहने वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिनुभयो ।
पछिल्लो समय आँखा पाक्ने रोग बढिरहेको अवस्थामा सञ्चालन हुने शिविरबाट स्थानीयहरू लाभान्वित हुने अपेक्षा वडा कार्यालयले लिएको बताइएको छ ।

शिविरमा तिलगंगा आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *