दोस्रो एकदिवसीयमा जिम्बाब्बे ए माथि नेपाल ९ विकेटले विजयी

थानकोट ।
जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे । जितसँगै दुई एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो ।
नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए भने सन्दीप लामिछानेले २ र सागर ढकालले एक विकेट लिए । शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्बेसँग ३ विकेटले पराजित भएको थियो ।