आँखा पाक्ने रोगका संक्रमित बढेको बढ्यै, तिलगंगामा पाँच दिनमै थपिए ८ सय ३० जना संक्रमित

Thankot Times

थानकोट ।

तिलंगगा आँखा प्रतिष्ठानमा पाँच दिनमा ८३० जना आँखा पाक्ने संक्रमण ‘भाइरल कन्जन्टिभाइटिस’का बिरामी थपिएका छन् ।

प्रतिष्ठानको तथ्यांक अनुसार अगस्ट ११ देखि १५ सम्म ८३० जनामा संक्रमण देखिएको हो ।

यसअघि १ जुलाईदेखि १० अगस्टसम्म एकहजार ३९७ जनामा भाइरल कन्जन्टिभाइटिस संक्रमण देखिएको प्रतिष्ठानको तथ्यांक छ ।

उपत्यकाबाहिर केही कम हुँदै गएको संक्रमण काठमाडौंमा भने अहिले तीव्र बनेको छ ।

 बालबालिकामा संक्रमण उच्च भएपछि उपत्यकाका डेढ सय बढी विद्यालय बन्द गरिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *