ब्राइट फ्युचरका विद्यार्थीले ब्राजिलमा हुने यु-१५ जिम्नासियाडमा प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित ब्राइट फ्युचर माविका विद्यार्थीले यही अगष्ट १९ देखि २७ सम्म दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आयोजना हुने आईएसएफ यु-१५ जिम्नासियाडमा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा नेपालका विभिन्न ४ वटा विद्यालयका १५ वर्षमुनिका २१ जना विद्यार्थीहरूले विभिन्न ५ खेलमा सहभागिता जनाउने बताइएको छ । जसमध्ये ब्राइट फ्युचरका विद्यार्थीहरूले पाैडी र तेक्वान्दो खेलमा चुनाैती पेश गर्ने विद्यालयका अध्यक्ष एवं सो प्रतियोगितामा नेपालका तर्फबाट हेड अफ डेलिगेसन मोहनकुमार कार्कीले जानकारी दिनुभयो । 

खेल उत्सवमा नेपालका स्कुले खेलाडीहरूले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ब्राइट फ्युचरका उज्ज्वल वाग्लेले तेक्वान्दो खेलकाे ६५ केजी माथिकाे ताैल समुहमा प्रतिस्पर्धा गर्नेछन् । श्रयला महर्जनले पाैडी खेलमा चुनाैती पेश गर्ने तालिका रहेको छ । 

यसैबीच विद्यालयका तर्फबाट आईएसएफ यु-१५ जिम्नासियाडमा सहभागिता जनाउने खेलाडी तथा टोलीका सदस्यहरूलाई ब्राइट फ्युचर माविले एक कार्यक्रम गरी बिदाई गरेको छ । 

विद्यालयमा बुधबार अपरान्ह एक कार्यक्रमका बीच चन्द्रागिरि नगरपालिका वडा नं १५ का वडाध्यक्ष घनश्याम लुँइटेल लगायत अन्य जनप्रतिनिधिहरु, चन्द्रागिरि नगरपालिकाकाे युवा, खेलकुद तथा शिक्षा शाखाका अधिकारीहरु, साे विद्यालयका प्रधानाध्यापक दयाराम थापा लगायतले सो टोलीलाई शुभकामना दिँदै बिदाई गर्नुभएको हो ।

सो टोली बिहीबार राति ब्राजिल उड्नेछ । टाेलीमा नवीन महर्जन अफिसियलका रुपमा ब्राजिल जाने तालिका रहेकाे छ ।

आईएसएफ यु-१५ जिम्नासियाडमा सहभागिता जनाउने खेलाडी तथा पदाधिकारीहरूलाई राखेपले मंगलबार नै एक कार्यक्रम गरी बिदाई गरिसकेको छ । 

ब्राजिलमा आयोजना हुने यु-१५ जिम्नासियाडमा चन्द्रागिरि नगरका विद्यार्थी पनि सहभागी हुँदै

विश्व स्कुल खेल प्रतियोगिताको यो दोश्रो संस्करण हो । पहिलो संस्करण युरोपेली मुलुक सर्बियामा सन् २०२१ मा सम्पन्न भएको थियो । यस पटकको खेल उत्सवमा १८ खेल समावेश हुँदा १ पारा खेलकुद समेत समावेश भएको छ ।

प्रतियोगिता १९ अगष्ट देखी २७ अगष्टसम्म सञ्चालन हुनेछ । यद्यपी प्रतियोगिताको उद्घाटन सत्र भने २० अगष्टमा हुनेछ भने प्रतिस्पर्धाहरू २१ अगष्टबाट २६ अगष्टसम्म हुनेछन् । 


दोश्रो आईएसएफ यु-१५ जिम्नासियाडका पछिल्ला गतिविधि तथा अपडेट यो लिंकमा हेर्न सकिनेछः 

2nd ISF U15 Gymnasiade 2023


अन्तरार्ष्ट्रिय संगीत प्रतियोगिताका लागि ब्राइट फ्यूचरका विद्यार्थी लखनउ जाँदै, ६ विधामा दाबी पेश हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *