सांसद चन्द्र भण्डारी कीर्तिपुर अस्पतालमा भर्ना
थानकोट ।
सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।
आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा बुधबार कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् ।
भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनका स्वकीय सचिव बोधराज कँडेलले बताए ।
गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उनलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।
अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका छन् ।
यस्तो छ सांसद् भण्डारीको ट्वीट
फाइल फोटो