गुर्जुधारामा खुल्यो कीर्तिपुरको मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरको शाखा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा अत्याधुनिक प्रविधिको डाइग्नोष्टिक सेवा सुरु भएको छ ।

गुर्जुधारा चोकस्थित सपिङ सेन्टरमा मेडक्वेष्टले शनिबारबाट सो सेवा सुरू गरेको हो ।

कीर्तिपुरमा मुख्य शाखा रहेको सेन्टरको नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभएको थियो । सो सेन्टरमा हर्मोन जाँच, मृगाैला जाँच, कलेजो जाँछ, रगतमा बोसोको मात्रा जाँच, रक्तकोष जाँच, मुटु जाँच, मधुमेह जाँच, हाड तथा जोर्नी सम्बन्धी जाँच लगायतका सेवा उपलब्ध हुने सञ्चालक शितलराज भुषालले जानकारी दिनुभयो ।

सो सेन्टरले हरेक दिन बिहान ७ बजेबाट साँझ ६ बजेसम्म सेवा दिने सञ्चालक शितलराज भुषालको भनाइ छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *