बल्खु खोलामा पाैडी खेल्न जाँदा अड्किएका दुई जना बालकको उद्धार

Thankot Times

थानकोट ।

कीर्तिपुरको बल्खु खोलामा फसेका दुई जना बालकको उद्धार भएको छ।

शनिबार दिउँसो कीर्तिपुर नगरपालिका-२ बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका दुई जना बालकको उद्धार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।

वडाध्यक्ष घनश्याम लुइँटेलको सुझबुझले खोलामा बग्दै गरेका बालकको उद्दार भएको भन्दै फेसबुकमा प्रशंसा

कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी छन्।

पौडी खेलिरहँदा पानीको बहाव एक्कासी बढेपछि उनीहरू खोलाको बीचमा फसेका थिए।

उनीहरू निस्किन नसकेपछि अरूले देखेर प्रहरीलाई बोलाएका थिए।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो।

दुवै बालकलाई प्रहरीले वृत्तमा लगेको छ। परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *