होटलको ३ तला माथिबाट खस्दा बलम्बुका महर्जन गम्भीर घाइते
थानकोट ।
रामेछाप जिल्लाको मन्थलीस्थित एजिएस होटलको तीन तला माथिबाट खस्दा एक चालक घाइते भएका छन् ।
काठमाडौंबाट बीएबी १८७९ नम्बरको इलेक्ट्रोनिक (इको) भ्यानमा चौधरी ग्रुपको मार्केटिङ काम गर्दै आएका काठमाडौं चन्द्रागिरि नगरपालिका १२ का अन्दाजी ५० वर्षका गोबिन्ददास महर्जन घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बिहीबार राती अन्दाजी ८ बजेको समयमा चालक होटलको तीन तलामाथिबाट खसेका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक दिलिप थापाले जानकारी दिए ।
होटलको तीन तलाबाट खसेका चालक महर्जनको कम्मरमा, बायाँ हातको कुहिनोमा, बायाँ तिघ्रामा र चिउडोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।
महर्जनलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल पठाइएको पनि निरीक्षक थापाले जानकारी दिए । घटनाको कारण अहिलेसम्म पनि खुल्न नसकेको र थप अनुसन्धान भइरहेको थापाले बताए ।
प्रतिकात्मक स्केच