बागमतीमा ४ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइयो
थानकोट ।
बागमती प्रदेशमा लम्पी स्कीन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका गाईभैसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार प्रदेशका ४ हजार ४६७ गाईभैसीमा रोग विरुद्धको खोप लगाइएको छ। अभियान अन्तर्गत पहिलो दिन प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा बढी चितवनमा १ हजार १६ गाईभैसीमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।
उनका अनुसार अभियान अन्तर्गत मकवानपुरमा ७२४ पशुहरुमा खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा २७५, रामेछापमा २४२, रसुवा ७५, नुवाकोट १९८, काभ्रेमा ६९८, धादिङमा १८१, भक्तपुरमा २०७, ललितपुरमा ११९, काठमाडौं ३७९ र सिन्धुलीमा ३५३ पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ ।
दोलखामा भने खोप अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम सुरु भएको छैन । अभियान अन्तर्गत सो जिल्लाहरुको गाईभैसी, गोरु, साँढे, राँगा, पाडापाडी र बाच्छाबाच्छीलाई खोप लगाइएको उनले बताए । उनका अनुसार चितवनमा ७१९ गाई, १०४ बाच्छाबाच्छी २६ साँढे, १५७ भैसी र १० पाडापाडीमा रोग विरुद्ध खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा ११५ गाई, १४९ गोरु र ११ भैसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
त्यस्तै रामेछापमा ११७ गाई, ९ बाच्छाबाच्छी, साँढे ९६, भैंसी १४ र ६ पाडापाडीमा खोप लगाइएको छ । काभ्रेमा २२२ गाई, बाच्छाबाच्छी २२, गोरु ९७, भैसी २४०, राँगा १२ र पाडापाडी १०५ मा खोप लगाइएको छ । धादिङमा १०२ गाई, ६३ बाच्छाबाच्छी र १६ गोरुमा खोप लगाइएको छ ।
भक्तपुरमा १५३ गाई, ३५ बाच्छाबाच्छी, १५ भैसी र ४ पाडापाडीमा खोप लगाइएको छ । ललितपुरमा ८९ गाई, १२ बाच्छाबाच्छी, १२ भैसी र ६ पाडापाडीमा खोप लगाइएको छ । काठमाडौं ३१७ गाई, ४१ बाच्छाबाच्छी, १२ भैसी र ९ पाडापाडीमा खोप लगाइएको छ । सिन्धुलीमा १८८ गाई, ७६ बाच्छाबाच्छी, ७४ साँढे, ११ भैसी र ४ पाडापाडीमा खोप लगाइएको छ ।
खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइने उनले बताए । प्रदेशका सम्बन्धीत जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाटसुरु गरिएको खोप अभियान साउन ३२ गतेसम्म संचालन हुने सूचना अधिकारी अधिकारीले बताए ।
प्रदेशमा तीव्र रुपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि अभियान अभियान अन्तर्गत खोप लगाइने उनको भनाई छ । प्रदेशमा १० लाख ९९ हजार ५६० गाई र ८ लाख ९६ हजार २१३ भैँसी रहेको र वार्षिक ४ लाख ५५ हजार १४१ मेट्रिक टन दूध उत्पादन हुने गरेको र लम्पी स्किन रोगको संक्रमणका कारण गाईभैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने गरेको उनले बताए ।
हाल प्रदेशमा लम्पी स्किन रोगबाट संक्रमित पशुको बिरामी हुने दर १०.२७ प्रतिशत रहेको उनको भनाई छ । त्यस्तै संक्रमणबाट मृत्यु हुने पशुको संख्या ३.१ प्रतिशत छ ।
लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका छन् ।
चन्द्रागिरिमा ‘लम्पी स्किन’ रोगबाट ११ वटा चाैपाया मरे, रोग नियन्त्रणको प्रयास जारी
कीर्तिपुर नगरले लम्पी स्किनविरूद्ध निःशुल्क खोप अभियान सुरू गर्दै