खेलकुद पत्रकार मञ्चका अध्यक्षमा पुन: देवेन्द्र सुवेदी निर्वाचित

थानकोट ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को बुधबार सम्पन्न १७औं साधारण सभाबाट दुर्गानाथ सुवेदी (देवेन्द्र) पुन: अध्यक्षमा निर्वाचित भएका छन् ।तीन वर्षे कार्यकालका लागि निर्वाचित दुर्गानाथले ५९ मत पाएका थिए । अर्का प्रत्याशी प्रकाश तिमल्सिनाले ३३ मत पाए ।
प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा सन्जिव सिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए । खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशान राई निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्य प्रत्याशी सञ्जिव साहले २८ मत पाए । महिला सदस्यमा विजयी मुनाले ६२ मत पाउँदा उनका प्रतिस्पर्धी लक्ष्मी जीसीले ३१ मत पाइन् ।
कुल १ सय सदस्य रहेकामा ९४ मत खसेको थियो । मञ्चका निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे । अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेको कामहरू अबका तीन वर्षमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।