तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नागार्जुन नगरले १० लाख रूपैयाँ दिने

Thankot Times

थानकोट । 

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा अवस्थित प्रसिद्ध विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नगद सहयोगको घोषणा गर्नुभएको छ । 

सोमबार विष्णुदेवी मन्दिर क्षेत्रमा आयोजित विष्णुदेवी, शिवगंगा आरतीमा सहभागी हुने क्रममा नगरप्रमुख बस्नेतले सो क्षेत्रको संरक्षण एवं संवर्द्धनका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो । 

विष्णुदेवी मन्दिरमा यही साउन महिनादेखी हरेक सोमबार विष्णुदेवी, शिवगंगा आरती सुरू गरिएको छ । 

आरती हेर्न आउने अतिथि तथा श्रद्धालुहरूबाट मन्दिर क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि सहयोग प्राप्त हुने क्रम जारी रहेको विष्णुदेवी संरक्षण तथा तथा सुधार समितिले जनाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *