मेयर बालेनले विद्यावारिधि गर्न काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाए
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधि (पीएचडी) गर्ने भएका छन् । मेयर शाहले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गर्ने भएका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका छन् । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन् : ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरु अब ३ वर्षमा डा. बालेन । पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ। ’
बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट विद्यावारिधि गर्न आवेदन दिएका थिए । एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर उनले विद्यावारिधि (पीएचडी) गर्ने विश्वविद्यालयले जनाएको छ ।
यस्तो छ बालेनलाई काठमाडौं विश्वविद्यालयले पठाएको पत्र :