यी हुन तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब खुवाउने देशका १६९ पालिका

Thankot Times

थानकोट ।

देशभरका १६९ पालिकाहरूले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाइएको छ ।

राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार १६९ पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता खुवाएका हुन् ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने व्यवस्था छ । उक्त नियमअनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलब भत्ता भुक्तानी गर्ने हुन्छ । तर, ती पालिकाहरूले प्रतिवेदन नै तयार नपारी तलब भत्ता खुवाएको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *