दुर्घटनामा परी निधन भएका वडाध्यक्ष अधिकारीको उपचार खर्च व्यहोर्ने कीर्तिपुर नगरको निर्णय
थानकोट ।
कीर्तिपुर नगर कार्यपालिकाको २३औं बैठकले मोटरसाइकल दुर्घटना परी दिवंगत भएका वडाध्यक्ष श्यामकुमार अधिकारीको उपचारका क्रममा खर्च भएको बिल भर्पाइ अनुसारको रकम अधिकारीका परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको उपचारको क्रममा बैशाख १० गते निधन भएको थियो । उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यसैगरी कीर्तिपुर नगर कार्यपालिकाको २३औं बैठकले नै बैशाख १० गते निधन भएका नगर सभा सदस्य श्याम दानकोटीको परिवारजनलाई राहत स्वरूप ५ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
पैसा ठुलो कि न्याय ? हुन त CLOSE भैसकेको CASE ! उपचार खर्च दिएकोमा धेरै धेरै धन्यवाद, तर किर्तिपुर नगरपालीकाले घटनाको राम्रो, फरी पनी भन्छु राम्रोसँग छानबिन गर्नमा पनि पहल गर्नेुपने थियो जुन कुराको आस त के भर पनि हुन सकेको छैन । स्वतन्त्र उमउदवार दिएर सम्पुर्ण वडा बासिको मन जित्न सफल भई वडा अध्यक्षमा कार्यरत भई काम गरेको एक वर्ष वनि नपुग्दै विगतमा वडा अध्यक्ष भई काम गरिसक्नु भएकाले भन्दा वडाका बिकासको काम धेरै गनुभएको त छरलङ्ग देखिन्छनै, भनिरहनु नपर्ला । अहिले उहाँ हामी माझ नभइ पनि उहाँका सिद्यान्त लाई सदैव सम्झिनु पर्छ र सम्झने पनि छौँ। न्याय र घटनाको राम्रोसँग छानबिनको लागि पहल गने नसके पनि किर्तिपुर नगरपालीकाले उहाँका बाँकि भएका एजन्डाहरु लाई ध्यानमा राखि बिकास तर्फका काममा लम्किए अझ राम्रो हुने थियो । धन्यवाद !