ब्राइट फ्यूचर माविलाई चन्द्रलोक प्रतिष्ठानको उत्कृष्ट शैक्षिक संस्था सम्मान
थानकोट ।
चन्द्रलोक प्रतिष्ठानको आयोजनामा शनिबार शैक्षिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सो क्रममा प्रतिष्ठानले देशका सात वटै प्रदेशमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने संस्थालाई सम्मान समेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यतामा सो अन्तरक्रिया कार्यक्रममा १८ वटा शैक्षिक संस्था सम्मानित भएको प्रतिष्ठानले जनाएको छ ।
नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रमका दाैरान नागार्जुन नगरपालिकामा अवस्थित प्रतिष्ठानबाट चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्यूचर मावि पनि सम्मानित भएको छ।
प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा अतुलनिय योगदान दिएको भन्दै सो को कदर स्वरूप विद्यालयलाई उत्कृष्ठ शैक्षिक संस्था सम्मान-२०८० बाट सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो ।
कक्षा १२ सम्म अध्ययन अध्यापन हुने सो विद्यालयमा करिब १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । २०७९ सालको माध्यमिक शिक्षा परिक्षाको नतिजाका आधारमा काठमाडाैंका उत्कृष्ट ५० संस्थागत विद्यालयको सूचीमा ब्राइट फ्यूचरसमेत सूचिकृत छ ।
चार वर्षअघि स्थापना भएको चन्द्रलोक प्रतिष्ठानले वर्षेनी सामाजिक परोपकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरूको सम्मान तथा विविध अन्तर्क्रियात्मक कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ।