चन्द्रागिरि नगरपालिका-१ इन्द्रदहमा युवा संघको एक युवा पाँच बिरुवा अभियान

Thankot Times

थानकोट ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार वृक्षारोपण गरेको छ।

युवा संघले कागेश्वरी मनहरा नगरपालिका १ गागलफेदी, चन्द्रागिरि नगरपालिका १ दहचोकको इन्द्रस्थान लगायतका क्षेत्रमा वृक्षरोपण गरेको हो ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीको संयोजनमा बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, चन्द्रागिरि नगरपालिका उपमेयर बसन्ती श्रेष्ठ लगायतको उपस्थितिमा चन्द्रागरि नगरपालिका १ दहचोकस्थित इन्द्रदह क्षेत्रमा विभिन्न वृक्षारोपण गरिएको छ।

सो क्रममा धुपी, काँइयो,कपुर, सल्ला लगायतका बिरूवा रोपिएको बताइएको छ ।

यो अभियानका क्रममा देशभरि ३ देखि ५ लाख बिरुवा रोपिने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

सबै तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *