काठमाडाैंका उत्कृष्ट ५० संस्थागत विद्यालयको सूचीमा चन्द्रागिरिका ३ विद्यालय
थानकोट ।
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजाका आधारमा काठमाडाैं जिल्लाको समष्टीगत रूपमा तथ्याङ्क सार्वजनिक गरेको छ ।
जसमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै सूची बनाइएको छ ।
जसअनुसार काठमाडाैंका उत्कृष्ठ सामुदायिक विद्यालयको सूचीमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित बलम्बु मावि उत्कृष्ठ १० भित्र परेको छ ।
काठमाडाैंका १० उत्कृष्ट सामुदायिक विद्यालयको पाँचाै स्थानमा चन्द्रागिरिको बलम्बु मावि
संस्थागत विद्यालयको उत्कृष्ठ १० भित्र चन्द्रागिरिका कुनैपनि विद्यालय परेका छैनन् ।
यद्यपी चन्द्रागिरि नगरका ३ वटा विद्यालय सो उत्कृष्ठ ५०को सूचीभित्र भने अटाएका छन् ।
ती विद्यालयले ५० वा सो भन्दा अधिक विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सम्मलित गराएका थिए ।
जसअनुसार समग्रतामा ३.४९ जीपीएसहित चन्द्रागिरि ५ स्थित रिब्स मावि सूचीको २३औं स्थानमा परेको छ । सो विद्यालयबाट ५८ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर मावि समग्रमा ३.४५ जीपीएसहित काठमाडाैंका उत्कृष्ठ ५० संस्थागत विद्यालयको ३६औं नम्बरमा अटाएको छ जहाँबाट ९८ जनाले परीक्षा दिएका थिए ।
यसैगरी थानकोटस्थित मोडल स्कुलपनि काठमाडाैंका उत्कृष्ठ ५० विद्यालयको ४०औं नम्बरमा अटाएको छ जहाँका ६३ जना विद्यार्थीले गत चैत्र महिनामा सम्पन्न माध्यमिक शिक्षा परीक्षामा सहभागिता जनाएका थिए ।
Good news keep it up such performance to maintain and let’s try to enhance more effective result in the future by Chandragiri Municipality.