गुर्जुधारामा काठमाडौं फोटोग्राफर संघको रक्तदान शिविर, ९० जनाले गरे रक्तदान
थानकोट ।
काठमाडौं फोटोग्राफर संघले १६औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संघको १६औं स्थापना दिवसको अवसरमा शुक्रबार चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा चोकमा रक्तदान शिविर सञ्चालन भएको हो ।
संघले विगत लामो समयदेखि रक्तदानका साथै विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
सो रक्तदान कार्यक्रममा संघका सल्लाहाकार, पूर्व तथा नि-वर्तमान तथा वर्तमान कार्यसमितिका सदस्यहरु, फोटोग्राफर तथा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यक्र्ममा १५ जना महिला तथा ७५ जना पुरुष गरी ९० जनाले रक्तदान गरेका संघले जनाएको छ।