पुरुषोत्तममासको पहिलो शनिबार मत्स्यनारायणमा अत्यासलाग्दो भीड (फोटो फिचर)
थानकोट ।
पुरुषोत्तममासको पहिलो शनिबार मत्स्यनारायणमा थामिनसक्नु भीड लागेको छ । शनिबार बिहान २ बजेबाट नै मस्त्यनारायण दर्शनका लागि श्रद्धालुहरूले चहल पहल सुरु भइसकेको थियो ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ ।
३ वर्षअघि कोभिड महामारीका कारण पुरुषोत्तम मास मेला रोकिँदा श्रद्धालुहरूले मत्स्यनारायणको दर्शन गर्न पाएका थिएनन् जसका कारण पनि यो पटक मत्स्यनारायणमा श्रद्धालुहरूको भीड बढ्ने अनुमान पुरूषोत्तममास मेला व्यवस्थापन समितिको छ ।
तस्बिरः धर्मेन्द्र महर्जन