वर्षा र हुस्सुसँग लुकामारी खेल्दै चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्बिरहरू)
थानकोट ।
साउनको पहिलो सोमबारका अवसरमा हिजो साँझ देशभरका शिवालयमा दर्शनार्थीको भिड लाग्यो ।
चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिरमा पनि सोमबार साँझसम्मै भिड देखिन्थ्यो । भारी वर्षा र हुस्सुका बीच आरतीमा ध्यान केन्द्रीत गर्न सयाैं जना चन्द्रागिरि डाँडामा पुगेका थिए । जहाँ सांसद् राजेन्द्रकुमार केसी, रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत पनि थिए ।
साँझतिर त्यहाँ विषेश आरतीको आयोजना गरिएको थियो । सो आरती पहिलोपटक भालेश्वर मन्दिरमा आयोजना गरिएको हो ।
विशेष आरती हेर्न चन्द्रागिरि हिल्सले २ सय रूपैयाँमा केबुलकारको टिकट उपलब्ध गराएको थियो ।
सबै तस्बिरः प्रकाश गोपाली