स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरको उपमेयरमा कसले मार्ला बाजी ?

Thankot Times

थानकोट ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर उम्मेदवारहरूले प्रचारप्रसारमा तीव्रता दिइरहेका छन् । कोण सभा, पार्टी प्रवेश, घरदैलो लगायतका शीर्षकमा राजनीतिक दलका नेता कार्यकर्ताहरू मतदाताको मन जित्न कोशिस गरिरहेका छन् ।

चन्द्रागिरि नगर पनि स्थानीय तहको चुनावमय भएको छ, उम्मेदवारहरूले झिसमिसेदेखी अबेर साँझसम्म प्रचारप्रसारमा समय खर्च गरिरहेका छन् । समर्थकहरूले पनि आफ्नो दलका उम्मेदवारहरूको प्रचारप्रसार गर्न सामाजिक सञ्जालहरू मनग्य समय व्यथित गरिरहेका छन् ।

कुल १,३६,९२८ जना जनसंख्या रहेको चन्द्रागिरि नगरका ४७ हजार २ सय ६४ मतदाताले कसलाई नगरको उपमेयर चुन्लान यो सर्वत्र चासो विषय बनेको छ । किनकी उम्मेदवारको मनोनय फिर्ता हुने अवधिको करीब अन्त्यतिर चन्द्रागिरिमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले उपमयेर टिकट पाएको विवरण सार्वजनिक भएका थिए ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा नेपाली काँग्रेसकी उपमेयर पदकी उम्मेदवार यमुनादेवी श्रेष्ठको नाम फिर्ता लिएपछि नेपाली काँग्रेसले यसपटक पनि नगरमा उपप्रमुख पद गुमाउने पक्का भएको छ । त्यस्तै  नेकपा माओवादी  केन्द्रले चन्द्रागिरि उपमेयरको उम्मेदवारी फिर्ता लिएपछि अहिले चन्द्रागिरि नगरमा ८ जना उम्मेदवारहरू उपमेयरको चुनावी मैदानमा उत्रिएका छन् जसमा १ जना स्वतन्त्र उम्मेदवार  छन् ।

चन्द्रागिरि नगरपालिकाको उपमेयर बन्न उम्मेदवारी दिएका उम्मेदवारहरूः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *