दक्षिण एशियाली कु्ङ्ग-फुमा पदक विजेता खेलाडी थानकोटमा सम्मानित (फोटो फिचर)
थानकोट ।
भारतको गोवामा गत महिना आयोजित दक्षिण एशियाली कु्ङ्ग-फु प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान गरिएको छ।
शनिबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित कोतघरमा आयोजित एक समारोहका बीच सो प्रतियोगितामा पदक जित्न सफल पाँच खेलाडी तथा एक प्रशिक्षकको अभिनन्दन तथा नगद पुरस्कारसहित सम्मान गरिएको हो।
बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मन्त्री पुकार महर्जन, संघीय सांसद् राजेन्द्रकुमार केसी, बागमती प्रदेश सभा सदस्यहरू क्रमश रमा आलेमगर, विन्दु श्रेष्ठ तथा युमनादेवी श्रेष्ठको उपस्थितिमा ती खेलाडीहरूको सम्मान गरिएको थियो ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, नगर प्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि २ का वडाध्यक्ष भाइकृष्ण तामाङ, चन्द्रागिरि ३ का वडाध्यक्ष दुर्गालाल महर्जन लगायत अन्य जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उपस्थितिका बीच पदक विजेता खेलाडीहरूको बाजागाजासहित टोल परिक्रमा गराइएको थियो ।
हिमा तामाङ, डोल्मा तामाङ, मरियम परियार, मोहममद अन्सार र ज्ञानसागर तामाङले भारतको गोवामा जुन ६-८ तारिखसम्म आयोजना भएको दक्षिण एशियाली कु्ङ्ग-फु प्रतियोगितामा स्वर्णपदक जितेका थिए भने प्रशिक्षक चन्द्रप्रसाद महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भएका थिए । प्रतियोगितामा नेपालबाट सहभागी भएका सबै ५ जना खेलाडीले नै स्व्र्ण पदक जितेको प्रशिक्षक सुवर्ण लामाले जानकारी दिनुभयो ।
थानकोट कुङ्ग-फु शाखाले संयोजन गरेको सो कार्यक्रमा थानकोटका मार्सल आर्टस् का विभिन्न विधाका खेलाडीहरूले खेल काैशल देखाएका थिए ।
@thankottimes #kungfu ♬ original sound – Thankot Times