मत्स्यनायाराण मेलाको तयारी उत्तरार्धमा, यस्तो छ मत्स्यनारायण मेलाको धार्मिक महत्व (फोटो फिचर)

Thankot Times

थानकोट । 

मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा यहि साउन २ गतेबाट मेला लाग्दैछ ।

हरेक पटक पुरुषोत्तम महिना (मलमासको अवधिभर) यहाँ मेला लाग्ने र मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट हजारौँ भक्तजन सहभागी हुने गर्छन्। 

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिनाका रुपमा परिचित यो महिना सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि पर्दछ। अधिकमासका रुपमा समेत लिइने यस महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ। 

यस अवधिमा विशेष गरी शुभकार्य गर्न नहुने धार्मिक मान्यतासमेत छ । त्यसैले यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। 

किंंवदन्ती अनुसार ब्रम्हाले संसारको सृष्टि गर्नेक्रममा हैग्रिप दानवको पनि सृष्टि भयो । दानवले ब्रम्हाको आखा छली वेदलाई हरण गरेर पातल लोकमा लुकाएर राखे । विष्णुले मत्स्यको रुप धारण गरेर दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट बचाएको नेपाल महात्म्यमा उल्लेख छ ।

मन्दिर घण्टा आकारको पौराणीक तथा कलात्मक शिखरशैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रुपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेऊमा शिवको लिंग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिंग छ । मन्दिर भित्र पान्चायन देवता र अन्य विष्णुका रुपहरु रहेका छन् । पौराणिक शंख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुंगाको मूर्ति छन् ।

मत्स्यनारायण मेला तयारीका तस्बिरहरूः

सबै तस्बिरः प्रकाश गोपाली

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *