चन्द्रागिरिका थप ३ वटा वडामा रास्वपाको कमिटि गठन, वडा नं. २, ४ र ९ मा कसले पाए जिम्मेवारी ?
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरका थप ३ वटा वडामा संगठन विस्तार गरेको छ ।
गत हप्ता चन्द्रागिरि नगरका विभिन्न ४ वटा वडाको संयोजक चुनेको रास्वपाले शनिबार थप ३ वटा वडामा संगठन विस्तार गरेको हो ।
रास्वपा चन्द्रागिरि नगर कमिटि सचिव मधुकर बस्नेतका अनुसार शनिबार चन्द्रागिरिका वडा नं. २ बाँडभञ्ज्याङ, वडा नं. ४ थानकोट र वडा नं. ९ मच्छेगाउँको वडा कमिटि गठन भएको हो । जस अनुसार क्रमश रामेश्वर प्रसाद भुर्तेल, किशोर बलामी र रोहन देसार वडा संयोजक सहित सभापतिको जिम्मेवारी पाएका छन् ।
यो संगै चन्द्रागिरिका १५ मध्ये ७ वटा वडामा रास्वपाले वडा कमिटि गठन गरेको छ ।
शनिबारको कार्यक्रममा सो पार्टीका नेताहरू प्रदिप विष्ट, प्रभुराम पोखरेल लगायतको उपस्थिति रहेको जनाइएको छ।